युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिना भिड्दै - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिना भिड्दै

माङसेबुङ । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ ।

आज बुधबार राति नेपाली समय अनुसार १२ः३० बजे सुरु हुने दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच को खेल वेम्बली स्टेडियममा हुनेछ ।

यस प्रतिस्पर्धालाई ‘फाइनलसिमा’ नामाकरण गरिएको छ । र, यो तेस्रो संस्करण हो ।

आज दुबै टोली जित निकाल्दै तेस्रो संस्करणको उपाधि जित्न चाहन्छ । इटाली डिफेन्डर जर्जियो चिलिनीको कप्तानीमा मैदान उत्रने छ । यस्तै अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रनेछ ।

यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भईसकेको छ ।

इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । यस्तै ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो ।

सम्बन्धित खवर