अर्जेन्टिना वन्यो ‘फाइनलसिमा–२०२२’ को च्याम्पियन - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्जेन्टिना वन्यो ‘फाइनलसिमा–२०२२’ को च्याम्पियन

माङसेबुङ । युरोकप च्याम्पियन इटालीलाई पराजित गर्दै अर्जेन्टिनाले ‘फाइनलसिमा–२०२२’ को उपाधि चुमेको छ ।

बुधबार राति वेम्बली स्टेडियममा इटालीलाई ३–० गोल अन्तरले हराउँदै कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले ‘फाइनलसिमा’को उपाधि चुम्दै च्याम्पियन बनेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।

यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको छ ।

सम्बन्धित खवर