माङसेबुङ न्युज । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा वेल्स छनोट भएको छ ।
आइतबार राति सम्पन्न यूईएफए छनोट अन्तर्गत प्ले अफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्स विश्वकपमा छनोट भएको हो ।
कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोको आत्मघाती गोल निर्णायक बन्यो ।
ग्यारेथ बेलले प्रहार गरेको फ्रिकिक्कलाई बचाउ गर्न खोज्दा यार्मोलेन्को आत्मघाती गोल गर्न पुगेका थिए ।
वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।
अब वेल्सले समूह ‘बी’मा रहेर विश्वकप खेल्नेछ । यस समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान छन् ।