एसियन गेम्सका लागि महिला टोलीको बन्द प्रशिक्षण आजबाट सुरु - Mangsebung News
  • आइतबार, साउन २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसियन गेम्सका लागि महिला टोलीको बन्द प्रशिक्षण आजबाट सुरु

काठमाडौं । चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) को तयारीका लागि आजबाट बन्द प्रशिक्षण सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सोमबार एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा ४० जना महिला फुटबल खेलाडीलाई डाकेको छ ।

राखेपले महिला फुटबल सहित २३ खेलका खेलाडीको प्रशिक्षण आजबाट सुरु गर्दैछ । नेपालबाट एसियन गेम्समा २३ खेलको सहभागिता हुनेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

अन्जिला सुब्बा, अञ्जना राना मगर , उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह , निशा थोकर, सलोनी राना मगर, सृजना चेम्जोङ, समीक्षा घिमिरे, रेणुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती ऐयर, सुमित्रा सिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा

सम्बन्धित खवर