एजेन्सी । डिफेन्डीङ च्याम्पियन फ्रान्स यूईएफए नेसन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा फ्रान्स क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएकको हो । फ्रान्सले सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिनु परेको हो ।
खेलको ५२ औं मिनेटमा एड्रिन राबीओटले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८३ औं मिनेटमा एन्द्रेज क्रामारिचले पेनाल्टीबाट गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिग ए समूह १ को फ्रान्सले २ खेलमा १ अंक जोडेको छ । फ्रान्स समूहको तेस्रो स्थान रहेको छ । क्रोएसिया २ खेल १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।