विश्वकप लिग टु : नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप लिग टु : नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि पहिलो खेल खेल्दैछ ।

आज बिहीबार नेपाली समय अनुसार राति ९ः१५ बजे मोसा क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्नेछ ।

नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ ।

ओमान नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । तर, पछिल्लो चार भेटमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ ।

लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।,

लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खवर