माङसेबुङ । नेपालले आज शनिबार एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समय अनुसार राति १० बजे नेपालले दोस्रो खेलको रुपमा कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीको सामना गर्ने भएको छ ।
पहिलो जितको खोजीमा समेत रहेको नेपाल बलियो टिम कुवेतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ ।
छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।