विश्वकप लिग टु : नेपालले आज अमेरिकाको सामना गर्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप लिग टु : नेपालले आज अमेरिकाको सामना गर्दै

माङसेबुङ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि घरेलु टोली अमेरिकाविरुद्ध दोस्रो खेल खेल्दैछ ।

नेपाली समय अनुसार आज राति ९ः१५ बजे नेपालले घरेलु टोली अमेरिकाविरुद्ध टेक्ससस्थित मोसा क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्न चाहन्छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो ।

पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ । लिग टु मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सम्बन्धित खवर