एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

माङसेबुङ । नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा लगातार दोस्रो पटक पराजित भएको छ ।

नेपाल आयोजक कुवेतसँग शनिबार राति भएको खेलमा ४–१ गोल अन्तरले पराजित भएको हो ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे । यसैगरि फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे ।

नेपालका लागि दर्शन गुरुङले सान्तवना स्वरुप एक गोल फर्काए । यस हारसँगै नेपालले २ खेल खेल्दा अंक बिहिन रहेको छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसैगरि नेपालले छनोट अन्तर्गत अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

सम्बन्धित खवर