फिफा विश्वकप : उद्घाटन खेलमा नेदरल्यण्ड्स र सेनेगल भिड्ने - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : उद्घाटन खेलमा नेदरल्यण्ड्स र सेनेगल भिड्ने

एजेन्सी । कतारमा हुने फिफा विश्वकप फुटबलमा खेल्ने ३२ राष्ट्रहरुको नाम टुंगो लागेको छ ।

मंगलबार राती अन्तरमहादेशीय प्लेअफ अन्तर्गत कोस्टारिकाले न्यूजिल्याण्डलाई १–० गोल अन्तरले हराउँदै अन्तिम ३२ मा स्थान बनाउँदै ३२ टिमको टुंगो लागेको हो ।

सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक आयोजक कतारसँगै ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

२२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ ।

उद्घाटन खेल समूह ए मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच नेभेम्बर २१ मा हुनेछ । फाईनल खेल डिसेम्बर १८ मा हुनेछ ।

कुन समूहमा कुन टिम ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

सम्बन्धित खवर