भूटानमाथि नेपालको सानदार जित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूटानमाथि नेपालको सानदार जित

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सानदार जित निकालेको छ ।

शुक्रबार मलेसियाको यूएसडी यूकेएम ओभलमा भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।

भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन र पेमा सोल्डेनले ४ रन बनाईन ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले १÷१ विकेट लिए ।

ययसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन । कप्तान रुबिना क्षेत्रीले २१ रन, डोली भट्टले ५ रन बनाउदा सिता मगरले ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट भए । कविता कुँवर १ रनमा अविजित रहिन् ।

भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १÷१ विकेट लिए । च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिबार खेल्नेछ ।

यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

यस्तै समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

सम्बन्धित खवर