एसीसी महिला टी–ट्वान्टीमा नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी महिला टी–ट्वान्टीमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार मलेसिया स्थित किनरारा ओभलमा भएको खेलमा कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनायो ।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् भने मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन् ।

नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित २८ रन बनाईन । यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोड्दा सीता मगर र काजल श्रेष्ठले ५/५ रन जोडिन् ।

कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिईन् ।

यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

सम्बन्धित खवर