इलाम । जिल्ला समन्वय समिति इलामको प्रमुखमा नेकपा एमालेका जय प्रकाश राई विजयी भएका छन् ।
आज सम्पन्न निर्वाचनमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी (एस) को गठबन्धनबाट जिल्ला समन्वय समिति इलाममा जय प्रकाश राई प्यानलै विजयी भएका हुन् ।
उपप्रमुखमा एकीकृत समाजवादी पार्टीका चित्रकला बराईली विजयी भइकी छिन् । यसैगरि सदस्यहरुमा एमालेका मिनाकुमारी राई, सीता कार्की क्षेत्री, प्रेमराज गुरुङ, रामप्रसाद लिम्बू र शेरबहादुर राई विजयी भएका छन् भने एसका सपना देवी राई र तृष्णा राई निर्वाचित भएका छन् ।
१० स्थानीय तहबाट २० जना प्रमुख उपप्रमुखहरु मध्ये १० एमाले, नेपाली कांग्रेस ७, एस २ र जसपा १ छ । गठबन्धन सबै एकातिर र एमाले एक्लै हुँदा मत बराबर हुने थियो ।
एमालेले एस र जसपासँग गठबन्धन गरेपछि गठबन्धनको मत १३ र कांग्रेसको ७ मत थियो । तर, मतदान हुँदा उपप्रमुख र दुई सदस्यलाई मात्र गठबन्धनको सबै मत खसेकोे थियो