बहराइनमाथि जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बहराइनमाथि जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । बहराइनमाथि जित निकाल्दै नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार मलेसियाको किनरारा ओभलमा भएको खेलमा बहराइनमाथि ८ विकेटको जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि सीता राना मगरले ४ रन जोड्दा कविता कुँवरले अविजित ३ रन, इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् ।

बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् ।

यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।

वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोड्दा कप्तान दिपिका रासंगिका र थरंगाले २÷२ रन जोडिन ।

नेपालकी कविता कुँवर र सबनम राईले २÷२ विकेट लिईन् । यस्तै अश्मिना कर्माचार्यले १ विकेट झारिन् ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । मंगलबार हङकङसँग नेपालले अन्तिम खेल खेल्नेछ ।

सम्बन्धित खवर