एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा हङकङसँग नेपाल पराजित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा हङकङसँग नेपाल पराजित

काठमाडौं । नेपाल हङकङसँग एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा पराजित भएको छ ।

मंगलबार मलेसियाको किनरारा ओभलमा हङकङसँग नेपाल ७ विकेटले पराजित भएको हो ।

यस जितसँगै हङकङ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल भने समूह उपविजेता बनेको छ ।

एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ ।

नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । नेपालले भने सेमिफाइनमा समूह ‘ए’ को विजेतासँग खेल्नेछ ।

नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४५ रन जोडिन । नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन बनाईन् ।

नेपालकी संगीता राईले २ तथा सीता मगरले १ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाईन् ।

यस्तै बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा सुन्य रनमा आउट भईन् ।

हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १÷१ विकेट लिए ।

सम्बन्धित खवर