किरण राई एन्फाको महासचिवमा मनोनित - Mangsebung News
  • बुधबार, असार २२, २०७९
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरण राई एन्फाको महासचिवमा मनोनित

काठमाडौं । किरण राई अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा मनोनित भएका छन् ।

राईलाई बुधबार बसेको एन्फाको नयाँ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले महासचिवमा मनोनित गरेको हो । राई अघिल्लो कार्यसमितिको प्रवक्ता थिए । तर, उनले राजीनामा दिएका थिए ।

यसैगरि बैठकले अघिल्लो पटक समेत कोषाध्यक्षमा रहेका रवीन्द्र जोशीलाई पुनः कोषाध्यक्षमा नियुक्त गरेको छ । यस्तै अन्तराष्ट्रिय विभाग प्रमुखमा नविन पाण्डेलाई नियुक्त गरेको छ ।

महासचिव र कोषाध्यक्ष भने मनोनित हुने प्रावधान रहेको छ ।

यसैगरि बुधबारनै (एन्फा)का नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले पदको शपथ लिएका हुन् ।

एन्फाको निर्वाचन समितिले नेम्वाङ सहित पदाधिकारीलाई शपथ खुवाएको थियो ।

सम्बन्धित खवर