पहिलो सेमिफाइनलमा नेपाल र युएई भिड्दै - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिलो सेमिफाइनलमा नेपाल र युएई भिड्दै

काठमाडौं । नेपालले आज शुक्रबार एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बलियो टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार बिहान ८ः१५ बजे मलेसियाको किनरारा ओभलमा सुरु हुने खेलमा नेपालले युएईसँग प्रतिष्पर्धा गर्ने भएको हो ।

आज युएईलाई हराउँदै नेपाल फाइनल पुग्न चाहन्छ । नेपाललाई हराएर युएई पनि फाइनल पुग्न चाहन्छ । यसैगरि अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल युएईले जितेको छ ।

सम्बन्धित खवर