युएईद्वारा नेपाललाई ८२ रनको लक्ष्य - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युएईद्वारा नेपाललाई ८२ रनको लक्ष्य

काठमाडौं । नेपाललाई जितका लागि एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो ।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउदा इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघल १४ रनमा र खुसी शर्मा १२ रनमा आउट भईन् ।

नेपालकी अश्मिना कर्माचार्य एक्लैले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।

आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

सम्बन्धित खवर