नेपालको फाइनल यात्रामा वर्षा बाधक बन्यो - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालको फाइनल यात्रामा वर्षा बाधक बन्यो

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालको फाइनल यात्रामा बर्षा बाधक बनेको छ ।

युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको छ । युएई भने फाइनल प्रवेश गरेको छ । समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो ।

यसैगरि नेपाल सेमिफाइनलबाट बाहिरिएपछि एसिया कप क्रिकेटमा छनोट हुन समेत असफल भएको छ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

मलेसियाको किनरारा ओभलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । तर, भारी वर्षाको कारण नेपालले ब्याटिङ नगर्दै खेल रद्द भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनाएको थियो ।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउदा इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघल १४ रनमा र खुसी शर्मा १२ रनमा आउट भईन् ।

नेपालकी अश्मिना कर्माचार्य एक्लैले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।

सम्बन्धित खवर