काठमाडौं । आगमी भदौ १३ देखि २५ गते सम्म महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
शनिबार बंगलादेशको ढाकामा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि पेश गरेको प्रस्तावलाई समितिले अनुमोदन गरेको हो ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।