एकदिवसीय सिरिजका लागि नेपाल क्यानडासँग भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय सिरिजका लागि नेपाल क्यानडासँग भिड्दै

काठमाडौं । एकदिवसीय सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत क्यनाडासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपालले किङ सिटी स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुने पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।

क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

 

सम्बन्धित खवर