एकदिवसीय सिरिजका लागि नेपालले क्यानडासँग दोस्रो खेल खेल्दै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय सिरिजका लागि नेपालले क्यानडासँग दोस्रो खेल खेल्दै

काठमाडौं । आज बुधबार क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले दोस्रो एकदिवसीय अन्तर्गत नेपाली समय अनुसार राति ८ः४५ बजे क्यानडासँग प्रतिस्पभर्धा गर्न लागेको हो ।

किङ सिटी स्टेडियममा हुने खेलमा आज क्यानडालाई हराएर नेपाल सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ । क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ ।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेपनि पहिलो एकदिवसीय भने निरन्तरको वर्षाका कारण रद्द भएको थियो ।

क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

सम्बन्धित खवर