कप्तान सन्दीप लामिछानेले सीपीएल र लंका प्रिमियर लिग खेल्ने - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कप्तान सन्दीप लामिछानेले सीपीएल र लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग(सीपीएल) र श्रीलंकाको लंका प्रिमियर लिग(एलपीएल) टी–ट्वान्टी क्रिकेट लिग खेल्ने भएका छन् ।

कप्तान सन्दीपले जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) र डम्बुला जायन्ट्सबाट लंका प्रिमियर टी–ट्वान्टी लिग खेल्ने भएका हुन् ।

जमैकाले २०२२ को सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको सीपीएलले जनाएको छ । सन्दीपले २०१८ देखि वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएल खेल्दै आएका छन् ।

यसैगरि एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो ।

सन्दीपले जमैकाबाट दोस्रो पटक खेल्न लागेका हुन् । २०२० को आठौं संस्करण सन्दीपले जमैकाबाट खेलेका थिए । गत संस्करण उनी ट्रिन्बागो नाईट राईडर्समा अनुबन्ध भएका थिए ।

अगस्ट ३० बाट सुरु हुने दशौं संस्करणको सीपीएल प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ ।

यस्तै जुलाई ३१ बाट सुरु हुने लंका प्रिमियर लिग तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्ने छ ।

 

सम्बन्धित खवर