काठमाडौं । भारत र इंग्ल्यान्डविचको तीन खेलको टी–ट्वान्टी सिरिज एक खेल बाँकी रहँदै भारतले जितेको छ ।
शनिबार राति बिर्मिनघममा भएको दोस्रो टी–ट्वान्टीमा घरेलु टोली इंग्ल्यान्डलाई ४९ रनले हराउँदै एक खेल अगावै २–० ले भारतले सिरिज जितेको हो ।
भारतले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा अलआउट हुदैं १ सय २१ रनमा समेटियो ।
इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन जोड्दा डेविड विलिले अविजित ३३ रन, डाविड मालनले १९ तथा लियाम लिभिङस्टोनले १५ रन बनाए ।
भारतका भुवनेश्वर कुमारले ३ तथा जस्प्रित बुमराह र युजभेन्द्र चाहलले २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन जोडेको थियो ।
भारतका लागि रविन्द्र जेडेजाले अविजित ४६ रन जोड्दा कप्तान रोहित शर्माले ३१ रन, ऋषव पन्त २६ तथा सूर्यकुमार यादवले १५ रन बनाए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ४ तथा रिचार्ड गिल्सनले ३ विकेट लिए ।
यस अघि पहिलो टी–ट्वान्टीमा इंग्ल्यान्डलाई भारतले ५० रनले हराएको थियो । तेस्रो तथा अन्तिम टी–ट्वान्टी आइतबार हुनेछ ।