सागर केरुङको नाट्यकृति ‘सुनौली रुपौली’ विमोचन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको नाट्यकृति ‘सुनौली रुपौली’ विमोचन

काठमाडौ । लिम्बू संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति ‘सुनौली रुपौली’को आइतबार विमोचन भएको छ ।

रङ्गकर्मी तथा चलचित्रकर्मी सागर केरुङ्द्वारा लिखित नाटक कृती विमोचन गरिएको हो । ललितपुर चुम्लुङहिममा भएको विमोचन कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय कार्यसमितिको आयोजना सम्पन्न भएको हो ।

उक्त नाटक सागर केरुङको नवौँ कृतिको रुपमा विमोचन गरिएको हो । केरुङ्ले यस अघि नुमाहाङ्मा, केमाबा लाजे?, सक्सा नु पेन्युक, दोश्रो नागरिक, तियाहा, पासिभन्ज्याङ, साक्थिम र सैमुन्द्री नाट्यकृतिहरु लेखिसकेका छन ।

\
कार्यक्रममा मुन्धुम तथ संस्कृतिविद येहाङ लावती, ऐतिहासिक ब्याक्तित्व वीर नेम्बाङ, प्राज्ञ अमर तुम्याङ र सिक्किमका कवि समल सुब्बाले नाटकमाथी टिप्पणी गरेका थिए ।

अल्पाइन युनिभर्सिटी सिक्किमका लिम्बू डिपार्टमेन्ट प्रमुख तथा लिम्बू भाषाका प्रोफेसर कर्ण सुब्बा ताम्लिङ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेन, पुर्व मेजर जर्णेल होमितकुमार लावती, पुर्व शस्त्र प्रहरीका म्क्ष्न् देबेन्द्र सुब्बा, नेपाल आर्मीका कर्णेल रमा सुब्बा, डाक्टर कमल तिगेला, वरिष्ठ मनोविद डाक्टर चेतना लक्सम, चुम्लुङ महासचिव निरन्ती तुम्बापो, वरिष्ठ रङ्गकर्मी प्रकाश आङ्देम्बे, निर्देशक सागर सुब्बा, निर्देशक दिनेश लिङ्देन, निर्देशक लोकेन सांवा, निर्देशक यलम्बर खम्बु, किरात याक्थुङ चुम्लुङ नेवा;ताम्सालिङ अध्यक्ष भिम नेम्बाङ, आदिवासी जनजाति चलचित्र महासंघ बागमती उपाध्यक्ष लक्ष्मी योङ्हाङ, याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय सचिव दिनेश माङ्मु, निर्माता अगमसिङ योक्पाङ्देन, चलचित्र निर्माता कृष्णराज नेम्बाङ, फक्ताङ्लुङ सयङ्का अध्यक्ष यादन सेर्मा, हाक्पारे पालाम सयङ अध्यक्ष रुपा आङ्बुहाङ लगायतको उपस्थितरु रहेको थियो ।


त्यस्तै रेखा कवि टंक सम्बाहाम्फे, कवि टिएन थाम्सुहाङ, सुखिम फुङ्वा युमा साम्यो अध्यक्ष बिजय सुब्बा, कवि सध्या सिङ्जाङ्गो, चुम्लुङ ललितपुर अध्यक्ष राम बोखिम, चुम्लुङ काठमाडौ सचिव टेक काम्बाङ, रङ्गकर्मी अनिल सुब्बा, नवीन चौहान, चलचित्र निर्माता मणि ताम्लिङ, चुम्लुङ राष्ट्रिय सदस्य सुभराज थाम्सुहाङ, कवि शनि लिम्बू, कवि टेक लावती, कवि सन्जय सावदेन, कवि सोनिया सुब्बा, कवि लाहाङमा सुब्बा, याक्थुङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इन्दु फोम्बो, गायक कुल्बा सुब्बा, किरात राई यायोक्खा ललितपुर उपाध्यक्ष सरिता राई, सोसलजिस्ट रिसर्च डेब्लोबर पिम्पा चेम्जोङ्, गायिका देशु सुहाङ, कवि सीता तुम्खेवा, गायिका मेनका लिम्बू, लेखक भिमकुमार सेलिङ, केरुङ चो?लुङ सङ्जुम्भो केन्द्रीय अध्यक्ष तेजबहादुर केरुङ, सेलिङ सयङ संयोजक खिम सेलिङ, थाकथाकु चेम्जोङ् वंश उपत्याका अध्यक्ष सुर्य बिक्रम चेम्जोङ लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त विमोचन कार्यक्रमको सन्दर्भमा कृति गर्न आर्थिक सहयोग गर्ने हाङ चेम्जोङ, पुर्ण सेलिङ र भिम तुम्बाहाम्फेलाइ लिम्बू साँस्कृतिक परिषदले सम्मानपत्र मार्फत सम्मान गरेका थिए । कियाचु लिम्बू साँस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङ्बुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम यासेली योङ्हाङले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर