विश्वकप लिग टू : नेपालल नामिबियासँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप लिग टू : नेपालल नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि पहिलो खेल खेल्दैछ ।

नेपालले सिरिजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।

लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खवर