विश्वकप लिग टू : नेपाल नामिबियासँग पराजित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप लिग टू : नेपाल नामिबियासँग पराजित

काठमाडौं । नेपाल स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग पराजित भएको छ ।

सोमबार स्कटल्याण्डको न्यु काम्बसडनमा भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो ।

नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो ।

आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि नेपाल पराजित भयो । यस्तै देव खनालले ३४ रन र कुशल भुर्तेलले २७ रन जोड्दा करण केसी १९, आसिफ शेख १४ र आदील आलम र सोमपाल कामी समान १० रनमा आउट भए ।

रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट भए ।

नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २÷२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै डिभान ला ककले ४१ रन र कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोड्दा क्रेग विलियम्सले २१ तथा लो हान्ड्री र डाभिड वाइसले समान १८÷१८ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिंदा सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए ।

यस हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

नेपालले सिरिज अन्तर्गत अब दोस्रो खेलमा आयोजक स्कटल्याण्डविरुद्ध बुधबार खेल्नेछ । शनिबार नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध र आइतबार नेपालले अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध खेल्नेछ ।

सम्बन्धित खवर