काठमाडौं । पहिलो एकदिवसीयमा घरेलु टोली इंग्ल्यान्डमाथि भारतले सानदार जित निकालेको छ ।
मंगलबार राति लण्डनमा भएको खेलमा इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्दै भारतले सानदार जित निकालेको हो ।
इंग्ल्यान्डले दिएको १ सय ११ रनको सामान्य लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
भारतको जितमा कप्तान रोहित शर्माले अविजित रहदै ७६ रनको अर्धशतकीय इनिङ खेले भने शिखर धवन ३१ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ ओभर २ बलमा अलआउट हुँदै १ सय १० रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले ३० तथा डेभिड विलिले २१ रन बनाउदा ब्रेडन कार्सेले १५ रन र मोइन अलिले १४ रन बनाए ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका जस्प्रित बुमराहले ६ विकेट लिए । मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।
यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता बनाएको छ ।