विश्वकप लिग टू : नेपाल स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप लिग टू : नेपाल स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । स्कटल्याण्डमा रहेको नेपालले आज बुधबार आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले सिरिजको दोस्रो खेलमा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे घरेलु टोली स्कटल्याण्डकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो ।

लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खवर