विश्वकप लिग टू : नेपाल नामिबियासँग फेरि पराजित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप लिग टू : नेपाल नामिबियासँग फेरि पराजित

काठमाडौं । नेपाल स्कटल्याण्डमा जारि आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजमा नामिबियासँग लगातार दोस्रो पटक पराजित भएको छ ।

शनिबार राति स्कटल्याण्डको एयरमा भएको खेलमा नेपाल नामिबियासँग ६३ रनले लगातार दोस्रो पटक पराजित भएको हो ।

नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा अलआउट हुंदै १ सय ३६ रन मात्र जोड्न सफल भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउदा आसिफ शेखले ३४ रन, आदील आलमले २० रन जोड्दा रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे ।

यस्तै आरिफ शेख ४ रनमा आउट हुँदा देव खनाल र सोमपाल कामीले १÷१ रन जोडे भने कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् ।

नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिदां जान फ्राईलिंकले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा डेभिड विएसले ३४ रन, जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे भने जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २÷२ विकेट लिए भने बसिर अहमेदले १ विकेट लिए ।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा आज आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।

सम्बन्धित खवर