विश्वकप लिग टू : नेपाल स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप लिग टू : नेपाल स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेलमा घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले नेपाली समय अनसुार दिउँसो ३ः४५ बजे सुरु हुने सिरिजको अन्तिम खेलमा घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।

सम्बन्धित खवर