विश्वकप लिग टू : स्कटल्याण्डसँग नेपाल पराजित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप लिग टू : स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं । स्कटल्याण्ड सम्पन्न आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले हार बेहोरेको छ ।

आइतबार स्कटल्याण्डको ताइतवड क्रिकेट मैदानमा भएको अन्तिम खेलमा घरेलु टोलीसँग नेपाल ८ विकेटले हार बेहोरेको हो ।

नेपालले दिएको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डको जितमा कलुम म्याकलेओडले ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै केली कोएट्जरले अविजित ४४ रन जोड्दा क्रिस्टोफरले १० र कप्तान रिची बेरिङटनले अविजित ४ रन जोडे ।

नेपालका सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाउदा विनोद भण्डारीले १३ रन, ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए ।

यस्तै सन्दीप लामिछाने २२ रनमा आउट हुँदा आरिफ शेख सुन्य रन आउट भए भने किशोर महतो सुन्य रनमा अविजित रहे ।

स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट लिए ।

नेपाल २० खेलमा १७ अंकका साथ लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर