इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ ।

आइतबार राति म्यानचेस्टरमा भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा इंग्ल्यान्डमाथि ५ विकेटको जित निकाल्दै सिरिज भारतले २–१ ले जितेको हो ।

इंग्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा ऋषव पन्तले अविजित रहदै १ सय २५ रनको शतकीय इनिङ खेले । यसैगरि हार्दिक पाण्डयले ७१ रनको अर्धशतकीय इनिङ खेल्दा रोहित शर्मा र विराट कोहलीले समान १७ रन तथा सूर्यकुमार यादवले १६ रन बनाए ।

इंग्ल्यान्डका रीच टोप्लेले ३ तथा क्रेग ओभर्टन र ब्रेडन कार्सेले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जोस बट्लरले ६० रनको अर्धशतकीय इनिङ खेल्दा जोसन रोयले ४१ रन, मोईन अलीले ३४, क्रेग ओभर्टनले ३२ रन बनाउदा लियाम लिभिङस्टोन र बेन स्टोक्सले समान २७ रन जोडे ।

भारतका लागि हार्दिक पाण्डयले ४ विकेट, युजभेन्द्र चाहलले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

 

सम्बन्धित खवर