- सरिता राई
धरान । तेह्रथुमको फेदाप गाउँपालिका १ निवासी मृगौला पीडित करुणा लिम्बूलाई सयपत्री मिडिया ग्रुप प्रवास नेपाल र तपाईहरुको साथ हाम्रो अभियान, ताप्लेजुङको सान हाम्रो पहिचान ग्रुपले संयुक्त रुपमा आर्थिक सहयोग गरेको छ ।
मृगौला पीडित करुणा लिम्बू बचाउ अभियान सञ्चालन गरि जम्मा भएको रकम २ लाख १९ हजार २ सय १ रुपैँया सोमबार सुनसरीको धरान १५ स्थित बगरकोटमा पिडित परिवारका प्रविन कुरुम्बाङलाई सयपत्री मीडिया ग्रुपका उपाध्यक्ष निता निरासी पन्धाक र सहसचिव कल्पना श्रेष्ठले हस्तानतरण गरेकी हुन् ।
सयपत्री मिडिया ग्रुप प्रवास नेपालले जम्मा ८१ हजार ५ रुपैयाँ र तपाईहरुको साथ हाम्रो अभियान, ताप्लेजुङको सान हाम्रो पहिचान ग्रुपले १ लाख ३८ हजार १ सय ९६ रुपैयाँ गरी जम्मा २ लाख १९ हजार २ सय १ रुपैयाँ संकलन गरेको सयपत्री मीडिया ग्रुपका उपाध्यक्ष निशान योङहाङ बताए ।