मुख्य प्रशिक्षक पुबुदु दशानायाकेद्वारा राजीनामा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेद्वारा राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पदबाट पुबुदु दशानायाकेले राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलनमार्फत व्यक्तिगत कारण देखाउदै पुबुदुले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

नेपाली क्रिकेट पहिलेको भन्दा धेरै बदलिएको राजीनामा घोषणा गर्दै पुबुदुले बताए । उनले नेपाली क्रिकेटमा जुन परिवर्तन आवश्यक थियो त्यो गरेको र अब युवा टोलीले आगामी दिनमा राम्रो गर्ने बताए ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुले राजीनामा दिएको पुष्टि गरेको छ । क्यानको क्रिकेट म्यानेजर बिनोद दासले पुबुदुले राजीनामा बुझाईसकेको पत्रकार सम्मेलनमा जानकारी गराए ।

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ । तर, दोस्रो कार्यकालमा उनी सफल भएनन् ।

सम्बन्धित खवर