साफ यू–२० : उद्घाटन खेलमा नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–२० : उद्घाटन खेलमा नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

दमक । भारतको भुवनेश्वरमा आज सोमबारदेखि सुरु हुने साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाली समय अनुसार ४ः१५ बजे कालिंगा स्टेडियममा सुरु हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्ने भएको हो ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताए ।

यस्तै माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपालविरुद्ध कठिन भएपनि उत्कृष्ट खेल्ने बताए ।

च्याम्पियनसिप अन्तर्गत नै सोमबार हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

सम्बन्धित खवर