साफ यू–२० : माल्दिभ्समाथि नेपालको सानदार जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–२० : माल्दिभ्समाथि नेपालको सानदार जित

दमक । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले सानदार विजयी सुरुवात गरेको छ ।

सोमबार भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सानदार विजयी सुरुवात गरेको हो ।

नेपाललाई सानदार जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

नेपालले खेलको ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।

कप्तान आयुष घलानको फ्रि–किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।

यसैगरि खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।

माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पाएको पेनाल्टीाई कृतिसे सोजै गोलमा परिनत गरे ।

माल्दिभ्सबिरुद्ध पक्कड जमाएको नेपालका लागि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै ४–० को फराकिलो जित दिलाए ।

जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

 

सम्बन्धित खवर