साफ यू–२० च्याम्पियनसिप : नेपाल श्रीलंकासँग भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–२० च्याम्पियनसिप : नेपाल श्रीलंकासँग भिड्दै

दमक । नेपालले आज बुधबार साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल अन्तरगत दोस्रो खेलमा श्रीलंकासँग भिड्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साँझ ७ः१५ बजे नेपाल श्रीलंकासँग भिड्न लागेको हो ।

नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । यस्तै नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।

 

सम्बन्धित खवर