साफ यू–२० च्याम्पियनसिप : आयोजक भारतको पहिलो जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–२० च्याम्पियनसिप : आयोजक भारतको पहिलो जित

दमक । साफ यू–२० च्याम्पियनसिप फुटबलमा आयोजक भारतले पहिलो जित हासिल गरेको छ ।

शुक्रबार भुवनेश्वरस्थित कालिंगा स्टेडियममा श्रीलंकालाई ४–० गोल अन्तरले हराउँदै भारतले पहिलो जित हासिल गरेको हो ।

साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे भने हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक एक गोल गरे ।

भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५० औं मिनेटमा हिमान्सुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ६९ औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गर्दै भारतलाई २–० ले अग्रता दिलाए ।

खेलको ७४ औं मिनेटमा गुर्किरातले गोल गर्दै टोलीको अग्रता ३–० को बनाए भने खेलको इन्जुरी समयमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।

जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

श्रीलंकाको यो लगातार तेस्रो हार हो । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्बन्धित खवर