साफ यू–२० च्याम्पियनसिप : आज भारतसँग नेपाल भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–२० च्याम्पियनसिप : आज भारतसँग नेपाल भिड्दै

दमक । नेपालले आज आइतबार साफ यू–२० च्याम्पियनसिप फुटबलमा अन्तर्गत तेस्रो खेलमा साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले बेलुकी ७ : १५ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बलियो घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । यस्तै भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।

भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।

नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित खवर