साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार

दमक । नेपालले साविक विजेता भारतविरुद्ध साफ यू–२० च्याम्पियनसिप फुटबलमा फराकिलो हार व्यहोरेको छ ।

आइतबार भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले दुई दुई गोल गरे । यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले एक एक गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ७ गोल गरेको थियो ।

भारतलाई सुरुआती अग्रता खेलको ३२ औं मिनेटमा टाइसनले गोल गर्दै दिलाएका थिए । यस्तै खेलको ५० औं मिनेटमा पार्थिवले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।

खेलको ५२ औं मिनेटमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले ३–० को अग्रता लियो । खेलको ६६ औं मिनेटमा टाइसनले व्यक्तिगत गोल गर्दा भारत ४–० ले अघि रह्यो ।

यसैगरि ७१ औं मिनेटमा हिमान्सु जान्ग्राले पेनाल्टीमा गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाए भने खेलको ७८ औं मिनेटमा टन्कधरले गोल गर्दा भारत आधा दर्जन गोलले अघि रह्यो ।

खेलको ९० औं मिनेटमा गुर्किरातले गोल गर्दै भारतको अग्रता ७–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा सुभोले गोल गर्दै भारतलाई ८–० को जित दिलाए ।

भारतको यो दोस्रो जित हो । जितसँगै भारतले ३ खेलमा ६ अंक जोडेको छ । भारतको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालको पनि फाइनल पुग्ने संभवाना जीवित रहेको छ ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित खवर