साफ यू–२० : जित्नैपर्ने दवावमा नेपाल बंगलादेशसँग खेल्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–२० : जित्नैपर्ने दवावमा नेपाल बंगलादेशसँग खेल्दै

दमक । नेपालले आज मंगलबार साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा जित्नैपर्ने दवावमा खेल्दैछ ।

नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ ।

बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।

तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो ।

 

सम्बन्धित खवर