साफ यू–२० च्याम्पियनसिप : नेपाल बराबरीमा रोकियो, बंगलादेश फाइनलमा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–२० च्याम्पियनसिप : नेपाल बराबरीमा रोकियो, बंगलादेश फाइनलमा

दमक । नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा चित्त बुझाएको छ ।

मंगलबार नेपालले बंगलादेशसँग भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा १–१ गोलको बराबरी खेल्दै चित्त बुझाएको हो ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुबै गोल सम्भव भएको थियो । बंगलादेशले खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसअघि दुबै १० खेलाडीमा समेटिएको थियो । बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका छन् ।

नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए । खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् ।

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले ४ खेलमा ७ अंक जोडेको छ ।

नेपाल दोस्रो स्थानमा रहेको छ । बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।

अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।

भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल बाहिरिने छ ।

 

सम्बन्धित खवर