- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । कुम्मायक गाउँपलिकको केन्द्र यासोक बजारको रानीगाउँ तर्फ अलि कति ओरालो झर्यो भने एकजना बिरामी बाँच्ने आशा लिएर छटपटाई रहेको अवस्थामा भेटिन्छन । उनको श्रीमतीले हमेसा हेरचार गरिरहेकी हुन्छिन ।
ती बिरामी हुन्, जगत बहादुर सम्बाहाम्फे । साबिक रानीगाउँ ६ का जगत लिम्बु समुदायका पुजारी अथवा ‘पÞmेदाङ्गमा’ हुन् । आफु निको अवस्थाको ‘पÞmेदाङ्गमा’ हुँदा यासोक रानीगाउँ स्याब्रुम्बा माङ्गजाबुङ्ग मात्र होइन अझै टाडा टाडाका गाउँमा पुगेर लिम्बु कुल देव देवीको पूजा अनुष्ठान गरि दिन्थे । त्यति मात्र होइन गाउँमा बिरामी फुकेर निको पार्ने जिम्मा नै उनको थियो ।
जब जगतको उमेर ढल्किंदै गयो, उनलाई एउटा रोगले च्याप्दै गयो । घरि खुट्टा दुख्ने घरि ढाडको नशा दुख्ने । दुखाई सहन नसकेपछि झारफुक भन्दा औषधीमुलोलाई प्राथमिकता दिएर अस्पताल चाहार्न थाले । विज्ञ चिकित्सकले दिएको सल्लाह अनुसार उनि गत बैशाखमा न्युरो अस्पताल बिराटनगर र बीपी कोइराला मेमोरियल अस्पताल धरान पुगेर आफ्नो रोग पत्ता लगाए ।
चिकित्सकको कुरा सुनेर उनि झस्किए। जगतलाई ‘प्रोष्टेड क्यान्सर ‘ भएको रहेछ । सामान्य आर्थिक अवस्था भएका उनले केहि सहयोग रकम जुटाएर भरतपुर क्यान्सर अस्पताल चितवन पुगे । त्यहाँ चिकित्सकको धेरै रकम लाग्ने बताए पछि उनि घरमै आएर क्यान्सर रोग संग लडी रहेका छन् ।
जगतको भलो गर्दै हिडेका ‘जगत’ लाई बचाउन परिवारले सबैलाई आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् ।
जगतबहादुर लिम्बु
कुम्मायक ४ रानीगाउँ
बैंक खाता : मेगा बैंक
शाखा यासोक, पांचथर
खाता न : ०९६००५७८६८९६३