काठमाडौं । केन्यासँग नेपाली राष्ट्रिय क्रिकेट टिमले टी–ट्वान्टी र एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग नेपालले टी–ट्वान्टी र एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने जनाएको छ ।
केन्याको घरेलु मैदानमा नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ ।
सिरिजका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ । क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ ।
नेपाली टोली –
सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमेद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव
वैकल्पिक खेलाडी – जितेन्द्र मुखिया, भिम सार्की, प्रतिष जिसी,हरिशंकर शाह