शिवाकोटीलाई डिकमान बिरही पत्रकारिता पुरस्कार, बिष्णु र गंगा लाई उदयीमान पुरस्कार - Mangsebung News
  • शनिबार, साउन ०४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शिवाकोटीलाई डिकमान बिरही पत्रकारिता पुरस्कार, बिष्णु र गंगा लाई उदयीमान पुरस्कार

बिर्तामोड । अग्रज पत्रकार भीमा शिवाकोटीलाई नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार बिरही स्मृती बर्ष उत्कृस्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको अध्यक्षतामा आज मंगलबार बसेको बैठकले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पांच सदस्यीय पुरस्कार छनौट समितिले शिवाकोटीको नाम सिफरिस गरेको थियो ।

बिगत २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पुर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् ।

आगामी साउन २७ गते महासंघको २३ औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने उक्त पुरस्कारको राशी नगद २५ हजार रुपैंया सहित ताम्रपत्र रहेको छ ।

त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्बाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगा माया बेघा लिम्बूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ .। उक्त पुरस्कारको राशी जनही पांच हजार सहित प्रसंशा पत्र रहेको छ ।

२०६६ सालमा स्थापना भएको डिकमान बिरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट यस अघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ ,माधब बिद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भएका छन् ।

सम्बन्धित खवर