पाँचथरका सेर्मालाई फोनिज पत्रकारिता पुरस्कार, उदयीमान खजुमलाई - Mangsebung News
  • शनिबार, साउन ०४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरका सेर्मालाई फोनिज पत्रकारिता पुरस्कार, उदयीमान खजुमलाई

पुरस्कृत तथा सम्मानित पत्रकार कविन्द्र सेर्मा

पाँचथर । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले स्थापना गरेको ‘फोनिज पत्रकारिता पुरस्कार २०७९’बाट पाँचथरका पत्रकार कविन्द्र सेर्मा पुरस्कृत हुने भएका छन् ।

फोजिन पाँचथरको गत मंगलबार बसेको बैठकले जिल्लाकै अग्रज पत्रकार सेर्मालाई सो पुरस्कार प्रदान गर्ने भएको हो । उनलाई ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।

सेर्मालाई प्रदान गर्न लागिएको यो पुरस्कार सम्भवत फोनिजले प्रदान गर्ने देशभरकै सबैभन्दा ठूलो राशि भएको अध्यक्ष बम्जनले दाबी गरेका छन् ।

पुरस्कृत तथा सम्मानित पत्रकार सुनिता खजुम

फोनिजको २३ औँ स्थापना दिवसका अवसरमा साउन २७ गते फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि कार्यक्रममा उक्त पुरस्कार वितरण गरिनेछ ।

फोनिजका संस्थापक अध्यक्षसमेत रहेका सेर्मा पाँचथर मिडिया प्रा.लि.का अध्यक्ष र न्यूज २४ पाँचथरका संवाददाता पनि हुन् । सेर्माले पाँचथर जिल्लाको संचार क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । उनी करिब २ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

त्यस्तैगरी फोनिज नवोदित प्रोत्साहन पत्रकारिता पुरस्कार स्थानीय संचारकर्मी सुनिता खजुमलाई प्रदान गरिने अध्यक्ष बम्जनले बताए ।

सम्बन्धित खवर