आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार चार पत्रकारलाई प्रदान गरिदैं - Mangsebung News
  • शनिबार, साउन ०४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार चार पत्रकारलाई प्रदान गरिदैं

पुरस्कृत तथा सम्मानित पत्रकारहरु

दमक । चार जना पत्रकारहरुलाई नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड २०७९) प्रदान गरिने भएको छ ।

फोनिज संघीय कार्य समितिले साउन २७ गते फोनिजको २३औं स्थापना दिवसको अवसरमा यस वर्ष क्रमशः छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई सो अवार्ड प्रदान गर्ने भएको हो ।

फोनिज महासचिव मिलन लिम्बूले प्रेस नोट जारी गरेर पुरस्कृत व्यक्तित्वहरु बारे जानकारी गराएका हुन् ।

पुरस्कृत तथा सम्मानित मतृभाषा पत्रिका बुङ्वाखा मासिक

फोनिज मातृभाषा पत्रकारिता सम्मान भने राई बान्तावा भाषाको बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ ।

त्यस्तै सोही अवसरमा फोनिजको सांगठनिक जीवनमा अतुलनीय योगदान पु¥याएको भन्दै फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ र पूर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।

अभिनन्दित व्यक्तित्वहरु

फोनिजले हरेक वर्ष प्रदान गर्ने पुरस्कार तथा सम्मानका लागि निर्वतमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहेको ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरेको थियो । समितिले गरेको निर्णय फोनिज संघीय सचिवालयले अनुमोदन गरेको हो ।

सम्बन्धित खवर