‘लिम्बूवानको नक्सा’ र ‘युद्ध’ : कवि कबिन तुम्बापो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘लिम्बूवानको नक्सा’ र ‘युद्ध’ : कवि कबिन तुम्बापो

  • कवि कबिन तुम्बापो

लिम्बूवानको नक्सा

लिम्बूवान पनि देशको एउटा नक्सा हो
यदि यो नक्सा कोर्न राज्य सत्ताको कलम
तयार छैन भने
हामि रगतले लेख्छौँ ।

युद्ध

मेरो देशलाई लिम्बूवानको खबरदार छ सुनाइ दिनु
खिया लागेको काङसोरेको तरवार छ सुनाइ दिनु
लिम्बूवान एउटा जीवन्त इतिहास हो आकाश साक्षि छ
जसरी भारतबाट पाकिस्तान छुट्यो इतिहास साक्षि छ ।

राज्यको खाका कोर्दै गर्दा हाम्रो पनि सपना कोर्नु पर्दछ
यदि बाइपास गरे नयाँ होर्डिङबोड र निसाना रोप्नु पर्दछ
इतिहासले बारम्बार झझल्को दिन्छ सत्र चोटिको युद्धहरु
शान्तिको बिगुल फुकेर हिन्ने हामि हजारौँ लाखौँ बुद्धहरु
रगतको नदिमा पौडि खेल्ने आँट छ हराएका छैनौँ
भूमि मुक्तिको यात्रामा मर्न र मार्न डराएका छैनौँ ।

चौबिसे धनकुटा

सम्बन्धित खवर