नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउदै - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउदै

दमक । आज शनिबार नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आईपुग्ने भएका छन् ।

मुख्य प्रशिक्षक प्रभाकर शनिबार बेलुका ६ः१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।

नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणका लागि निस्कने छ ।

 

सम्बन्धित खवर